मंगलबार, भदौ २, २०८३

रसुवागढी-केरुङ राजमार्गबाट आयात सुरु

 |  बुधबार, कात्तिक १४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १४, २०८१

रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ। हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो। 

मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ। केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा  नेपाली कन्टेनर चीनतर्फ गएका छन्।

राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ। भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले रु दुई अर्ब ५० करोड राजस्वमा ह्रास आएको जानकारी दिए।
 

प्रकाशित: Oct 30, 2024| 12:02 बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्