मंगलबार, जेठ १९, २०८३

कपिलवस्तुमा स्कुल बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

 |  मंगलबार, कात्तिक १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १३, २०८१
National life
Shivam cement

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। 

नगरपालिकाको वडा नम्बर २ पुरेनामा मंगलबार दिउँसो भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिष थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।

गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु १ ख ९०९२ नम्बरको स्कुल बस र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६६ प ४८७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए।
 

प्रकाशित: Oct 29, 2024| 19:12 मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्