मंगलबार, जेठ १९, २०८३

सर्केगाडको झोलुंगे पुल जीर्ण हुँदा आवतजावतमा समस्या

 |  मंगलबार, कात्तिक १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १३, २०८१

हुम्ला- यहाँको सर्केगाड गाउँपालिकास्थित सर्केगाड बजारसँगै जोडिएको कर्णाली नदीमाथिको झोलुंगे पुल जीर्ण हुँदा आवतजावतमा समस्या भएको छ।

National life

विसं २०४० मा निर्माण भएको उक्त झोलुंगे पुल मर्मतका लागि कसैले चासो नदिँदा जोखिमपूर्ण अवस्थामा वारपार गर्नुपरेको साँया स्वास्थ्यचौकीका इन्चार्ज बबरजङ पालले बताए।

झोलुंगे पुलको दाँयातर्फको जाली र लठ्ठा अडाउने पोल नभएका कारण आवतजावत जोखिमपूर्ण बनेको उनको भनाइ छ। पुलको बिच भागमा काठ राखिएको छ। काठ पनि कुहिन थालेको स्थानीयले बताएका छन्।

यस पुलबाट हाल तीनवटा विद्यालयका विद्यार्थी, इलाका प्रशासनका कर्मचारी, प्रहरी चौकी, इलाका वन कार्यालयका कर्मचारी र सर्वसाधारण दैनिक आवतजावत गर्ने गर्छन्।

झोलुंगे पुल मर्मतसम्भारमा समयमै ध्यान दिनुपर्ने र यसको विकल्पका रुपमा अर्को पुल निर्माण आवश्यक रहेको स्थानीयले बताएका छन्। यही पुल तरेर इलाका प्रशासन कार्यालयमा दक्षिणी भेगका चारवटा गाउँपालिकाका सेवाग्राही सेवा लिन आवतजावत गर्ने गरेका छन्। रासस

Shivam cement

प्रकाशित: Oct 29, 2024| 17:31 मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्