बिहीबार, चैत १२, २०८२

आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी

 |  मंगलबार, कात्तिक १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १३, २०८१

दाङ- घोराही उपमहानगरपालिका-१३ डुम्बरगाउँमा बस्दै आएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त छिन्। उनले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आएकी छिन्।

National life

विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी हिजोआज घोराही बजारसँगै नजिकका गाउँमा समेत बिक्री हुने गरेको छ। उनी रोटी डोकोमा बोकेर बिक्री गर्दै हिँड्छिन्। 'खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, अनि समयको सदुपयोग पनि', उनले भनिन्, 'तिहारलाई लक्षित यो व्यवसायबाट हुने आम्दानीले सन्तुष्ट छु।'

गत वर्षको तिहारमा मात्र तीन दिदीबहिनी मिलेर दुई लाख रूपैयाँभन्दा बढीको रोटी बिक्री गरेको बुढाले बताइन्। यो वर्ष अझ धेरै आम्दानी गर्ने उनको लक्ष्य छ। केही दिनयता दैनिक सातदेखि आठ हजार रूपैयाँसम्मको रोटी बिक्री गर्दै आएकी छिन्।

हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाका रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको धेरै खपत हुनेगर्छ। यो रोटी चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ। बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार राम्रो रहेको उनको अनुभव छ।

कतिपय ग्राहक घरमै किन्न आउने भएकाले बजारको समस्या नभएको उनको भनाइ छ। उनले एक दर्जन रोटी दुईसय ५० रूपैयाँका दरले बिक्री गर्दै आएकी छिन्। उनीसँगै जिल्लामा तिहार लक्षित सिन्कामारी रोटी बनाएर बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 29, 2024| 19:01 मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्