बुधबार, कात्तिक १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

 |  मंगलबार, कात्तिक १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १३, २०८१

सल्यान, कपुरकोट गाउँपालिका-६ सिङबाङस्थित सडकमा दुबेदेबाट छापनेटातर्फ जाँदै गरेको रा.१ ख २४०२ नम्बरको मिनि ट्रक सोमबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार ४ जनाको मृत्यु भएको छ।

triton college

दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने २४ वर्षीय मान बहादुर भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा, ट्रकमा सवार १३ वर्षीया सिर्जना बस्नेतको स्वास्थ्य चौकी कपुरकोटमा, १४ वर्षीय गोबर्धन खड्का र १२ वर्षीय डिल्ली भण्डारीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सर्लाही, हरिपुर नगरपालिका-१ सोल्टी मोडस्थित सडकमा हजारबिगाबाट नयाँरोडतर्फ जाँदै गरेको बा.८० प १३०३ नम्बरको मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय सुदिप मग्राती मगर भन्ने दिल बहादुर मग्राती मगरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ह्याप्पी अस्पताल बरहथवा हुँदै न्यूरो अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि वीरगंजतर्फ रिफर गरिएको छ। साथै दुर्घटनामा घाइते भएका एक जना साइकल चालकको ह्याप्पी अस्पताल हुँदै थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ भने अर्को साइकल चालक ह्याप्पी अस्पताल बरहथवामा उपचार पश्चात डिस्चार्ज भएका छन्।

रौतहट, परोहा नगरपालिका-५ भेडियाही टोलमा बीआर ०५ डब्लु ४६६७ नम्बरको मोटरसाइकलबाट लडेर सोही नगरपालिका-७ नरकटिया बस्ने ८१ वर्षीया शान्ति देवीको सोमबार दिउँसो मृत्यु भएको छ। मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको वीरगंज हेल्थ केयर वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Metro Mart
vianet

पाल्पा, रम्भा गाउँपालिका-३ अगाहाखोलास्थित सडकमा लु.१ ख ९३५१ नम्बरको ट्रकले ना.१ क ७१२१ नम्बरको ट्रकलाई सोमबार राति ठक्कर दिँदा लु.१ ख ९३५१ नम्बरको ट्रक चालक सोही गाउँपालिका-३ बस्ने २३ वर्षीय भुवन सिंह रानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ना.१ क ७१२१ नम्बरको ट्रकका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ। ना.१ क ७१२१ नम्बरको ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताप्लेजुङ, सिरिजङघा गाउँपालिका-५ पेदाङ भाङटारस्थित सडकमा प्र.१-०१- ००१ त ९२४३ नम्बरको ट्याक्टर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सर्लाही लालबन्दी नगरपालिका-१० बस्ने ४२ वर्षीय मैत राणाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Oct 29, 2024| 13:53 मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्