सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मुद्दा जिताइदिन्छु भनेर १ करोड २८ लाख ठग्ने समातिए

 |  मंगलबार, कात्तिक १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १३, २०८१

काठमाडौं- मुद्दा जिताई दिन्छु भनि ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१८ भैंसेपाटी बस्ने ४५ वर्षीय रबिन्द्र महर्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

triton college

जिल्ला अदालत काठमाडौंबाट २०८१ कात्तिक ६ गते पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बुद्धनगरबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा महर्जनले काठमाडौं-निजगढ (फास्टट्रयाक) द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा बिचाराधिन रहेको मुद्दा जिताई दिन्छु भन्दै रकम माग गरेको र रकम नदिएमा मुद्दा हराई दिने धम्की समेत दिई नगद १ करोड २८ लाख रूपैयाँ ठगी गरी फरार रहेको खुल्न आएको छ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।

प्रकाशित: Oct 29, 2024| 13:49 मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्