बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बालुवाटारमा प्रदर्शन गर्ने रास्वपाका नेता-कार्यकर्ता पक्राउ

बालुवाटारमा प्रदर्शन गर्ने रास्वपाका नेता-कार्यकर्ता पक्राउ

 |  मंगलबार, कात्तिक १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १३, २०८१

काठमाडौंको बालुवाटारमा प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ११ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

National life

रास्वपा सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का प्रहरीको नियन्त्रणमा रहेको रास्वपाले जनाएको छ।

रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो। बालुवाटार क्षेत्र प्रदर्शन गर्न नपाइने निषेधित क्षेत्र हो। सभापति तथा सांसद रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कात्तिक दुई गते पक्राउ परेदेखि रास्वपा सडक प्रदर्शनमा छ। 

पोखरामा विरोध प्रदर्शन भइरहेकोमा आजदेखि काठमाडौंमा सुरु भएको हो। लामिछाने कास्की प्रहरीको हिरासतमा छन्।

प्रकाशित: Oct 29, 2024| 12:31 मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्