बिहीबार, पुस ३, २०८२

प्रसाद खाएका २५ जना बिरामी

 |  सोमबार, कात्तिक १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १२, २०८१

अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खादा २५ जना बिरामी भएका छन्।

National life

सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्ग  निवासी  दीपक केसीको  आइतबार देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

बिरामीहरुमा झाडापखाला, बान्ता , ज्वरो,  शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए। उनीहरु सबैको अवस्था सामान्य रहेको  छ। गए रातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची  अस्पताल गएका थिए। ‘फुड पोइजन’ का कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ।

बिरामीहरूमध्ये २० जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क, ४ जनाको ओमपोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भैरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 28, 2024| 20:41 सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्