बिहीबार, पुस ३, २०८२

काठमाडौंबाट उड्न लागेको विमानमा बमको हल्ला

 |  सोमबार, कात्तिक १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १२, २०८१

काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएपछि नेपाल प्रहरी र सेनाले चेकजाँच थालेका छन्।

National life

आज अपराह्न २ बजेर ४१ मिनेटमा अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसबारे थप जानकारी लिने काम भइरहेको छ।

यो जहाज आज अपराह्न ३ बजेर ५० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्ने तयारी थियो। केही दिनअघि पनि नयाँ दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो।

 

प्रकाशित: Oct 28, 2024| 17:25 सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्