मंगलबार, जेठ १९, २०८३

तिहार नआउँदै सयपत्री फूलको अग्रिम माग

 |  सोमबार, कात्तिक १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १२, २०८१

झापा- नेपालीहरूको दोस्रो ठूलो चाड, फूलहरूको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेको छ। आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो।

National life

बिर्तामोड नगरपालिका–९ की सुष्मा भण्डारीले १० कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेकी छन्। ‘यसवर्ष फूलखेती राम्रो सप्रेको थियो, वर्षाका कारण धेरै बिरुवा मरे’, उनले भनिन्, ‘सोच जति फूल फुलाउन सकिएन, मालाको माग धेरै छ तर उत्पादन कम भयो।’

भण्डारीले विगतमा जस्तै फूलको एक महिना अघिदेखि माग आइरहे र उत्पादन कम भएकाले पुर्‍याउने अवस्था नरहेको बताइन्। यहाँ प्रतिकेजी रु तीन सय ५० का दरले फूलको मूल्य तोकिएको छ। 

तिहारमा मात्र होइन न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री नेपालीहरूले धेरै मन पराउने फूलमा पर्छ। सभा समारोह सजाउन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्ने गरिन्छ। नेपालमा भने यसको उत्पादन वृद्धि नहुँदा भारतबाट महँगोमा आयात गरेर माग धान्नु परिरहेको व्यापारीहरू बताउँछन्। पुष्प व्यवसायी भण्डारी फूलमाथिको परनिर्भरता हटाउन यहाँका किसानलाई व्यावसायिक फूल खेतीतर्फ आकर्षित गर्न स्थानीय सरकारले अग्रसर हुनुपर्ने बताउछिन्। 

विगतमा जिल्लामा २० बिघा भन्दा बढी जमिनमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आए पनि यसवर्ष भने घटेको अनुमान छ। मेचीनगर, भद्रपुर, बिर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायत किसानले पाँच कट्ठादेखि एक बिघामा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती गरिरहेका छन्।

Shivam cement

प्रकाशित: Oct 28, 2024| 15:49 सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्