मंगलबार, भदौ २, २०८३

वीरगञ्जमा आजदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै

 |  सोमबार, कात्तिक १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १२, २०८१

पर्सा- दिपावलीका अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि रात्रिबजार लाग्ने भएको छ। वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबारसम्म बजार लाग्नेछ।

प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले रात्रिबजारमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु तथा सामानलाई प्रोत्साहन गर्ने खालका ३० भन्दा धेरै स्टल राखिने जानकारी दिए।

'घरेलु तथा साना उद्यम गर्दै आएका उद्यमीलाई प्रोत्साहन गर्नका लागि रात्रिबजार आयोजना गर्न लागेका हौँ', उनले भने,' रात्रिबजारमा परम्परागत खानाका परिकार, साना तथा घरेलु उद्यमीले उत्पादन गरेका वस्तु तथा सामानसमेत प्रदर्शनीमा राखिनेछ। रात्रिबजारमार्फत स्थानीय रूपमा वस्तु तथा सामानको बजारीकरणमा पनि टेवा पुग्ने विश्वास लिएका छौँ।'

रात्रिबजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायतका सरसामानका स्टल पनि राखिने आयोजकले जनाएको छ। अध्यक्ष खेतानले कात्तिक १५ गते लक्ष्मीपूजाको दिनमा भने विशेष सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी दिए। रासस

प्रकाशित: Oct 28, 2024| 18:01 सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्