बिहीबार, पुस ३, २०८२

इजरायल र हमासबीच युद्धविराम गराउन कतारमा वार्ता 

 |  सोमबार, कात्तिक १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १२, २०८१

काठमाडौं- इजरायल र हमासबीच कतारको दोहामा युद्धविरामबारे वार्ता शुरु भएको छ।

National life

सीएनएनका अनुसार अमेरिका र कतारसहितका उच्च कुटनीतिज्ञको उपस्थितिमा गाजामा युद्ध विरामबारे वार्ता भइरहेको छ। 

हमासका सर्वोच्च नेता याह्या सिनवार मारिएपछि अमेरिकाले युद्धविरामको पहल गर्दै आएको थियो। पछिल्लो दुई महिनामा यस किसिमको वार्ता भएको यो पहिलो पटक हो।

वार्तामा इजिप्टले पनि महत्वपूर्ण भूमिका खेलिरहेको बताइएको छ। इजिप्टले यसअघि नै दुई दिनको युद्धविरामको प्रस्ताव गर्दै इजरायलले प्यालेस्टाइन कैदीको रिहा गरेमा हमासले चार इजरायली बन्धकलाई रिहा गर्ने बताएको थियो।

प्रकाशित: Oct 28, 2024| 11:15 सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्