बिहीबार, पुस ३, २०८२

प्रहरी जवानले गरे हिरासतमै आत्महत्या

 |  सोमबार, कात्तिक १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १२, २०८१

दाङमा बालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान रेवन पचभैया मगरले हिरासत कक्षमै आत्महत्या गरेका छन्। 

National life

गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कारको आरोपमा पक्राउ परेका मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीको हिरासत कक्षको शौचालयमा आत्महत्या गरेका हुन्।

प्यूठानको बडडाँडा घर भएका उनी सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत थिए।

आरोपित पचभैयासहित अर्का एक जनालाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो। उनीहरूविरुद्ध दाङ-देउखुरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको थियो। 

प्रकाशित: Oct 28, 2024| 09:34 सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्