मंगलबार, पुस १, २०८२

सत्तारूढ दलहरुको बैठक बस्दै

 |  शुक्रबार, कात्तिक ९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ९, २०८१

सत्तारूढ दलहरुको बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ। बालुवाटारमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

National life

देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्य सम्पादन लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा सात बुँदे सहमति भएर केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन्।

सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् भने जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले सरकारलाई समर्थन गरेका छन्।

प्रकाशित: Oct 25, 2024| 10:07 शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्