मंगलबार, जेठ १९, २०८३

तिहारका लागि फूल बेच्ने ठाउँ बनाउँदै महानगर

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ।

National life

गत वर्षभन्दा यस वर्ष व्यवस्थित रुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। हाल ३५  व्यावसायिक भवन (मल) को अगाडि बिक्री स्थल बनाउने तयारी भइरहेको उनले बताए।

प्रमुख पाण्डेका अनुसार किसानले उत्पादन गरेको फूल काठमाडौँ महानगरपालिमा रहेको ‘सपिङ मल’को खाली स्थानमा बिक्री स्थल बनाउने तयारी गरिएको हो। त्यसका लागि मल सञ्चालकसँग छलफल भइसकेको कामपाले जनाएको छ। आगामी कात्तिक १४, १५, १६ र १७ गते कृषकले निःशुल्क रुपमा तोकिएका स्थानबाट फूल बिक्री गर्न पाउने उनको भनाइ छ।

फूल बिक्री स्थलमा नगर प्रहरीले समन्वय गर्ने कामपाले जनाएको छ। यस वर्षको तिहारका लागि बजारमा ४० लाख सयपत्री फूलको मालाको माग रहेको पुष्प व्यवसायीको भनाइ छ। फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष स्वदेशी उत्पादन २५ लाख माला मात्र छ। बाँकी माला भारतबाट आयात गर्न लागिएको छ।

नेपालमा २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ। उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्प खेती विस्तार भएका छन्।

Shivam cement

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४४ हजार बढी व्यक्तिले लाभ लिएका छन्। मुलुकभित्र दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन्।

प्रकाशित: Oct 23, 2024| 19:32 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्