बिहीबार, कात्तिक ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंकबीच समझदारी

 |  बुधबार, कात्तिक ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

triton college

यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्डीपत्लाले हस्ताक्षर गरेका छन्।

यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानाडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानाडाको बिभित्र बैंकिङ सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिटेन्स पठाउन-प्राप्त गर्न सहज हुने जनाइएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार भन्दा बढि सेवा केन्द्र रहेका छन। 

आईसीआईसीआई बैंक क्यानाडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आईसीआईसीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो। आईसीआईसीआई बैंक क्यानाडाले क्यानाडा बैंकिङ ऐन अन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रहरूमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारेबार गर्दै आइरहेको छ। 

Metro Mart
vianet

प्रकाशित: Oct 23, 2024| 19:30 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्