आइतबार, माघ ११, २०८२

हुण्डाईको ब्राण्ड भ्यालु २३ बिलियन डलर

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं- हुण्डाई मोटर्सको ब्राण्ड भ्यालु २३ बिलियन अमेरिकी डलर पुगेको छ। इन्टरब्राण्डको मल्याङ्कन अनुसरा सन २०२४ मा हुण्डाईको ब्राण्ड भ्यालु २३ बिलियन अमेरिकी डलर पुगेको हो।

National life

इन्टरब्राण्डले हुण्डाइलाई २०२४ मा ३० औ उत्कृष्ट ब्राण्डमा स्तरोन्नति गरेको छ। यो वर्ष इन्टरब्राण्डले उत्कृष्ट सय ब्राण्ड छनोट गर्दै हुण्डाइलाई ३० स्थानमा राखेको हो। गत वर्ष हुन्डाई ३६ औ स्थानमा थियो।

कम्पनीका अनुसार पछिल्लो पाँच वर्षमा कम्पनीको ब्रण्ड भ्यालु ६३ प्रतिशतले बढेको हो। इन्टरब्राण्डको र्‍याङकिङ अनुसार हुण्डाइको र्‍याङक लगातार दोस्रो वर्ष माथि चढेको हो। साथै इन्टरब्राण्डको र्‍याङकिङमा पछिल्लो १४ वर्ष देखि लगातार ब्राण्ड भ्यालु बढ्ने कम्पनीमा पर्दै आएको छ।

हुन्डाई मोटरको ब्राण्ड मूल्य वृद्धिमा ‘प्रोग्रेस फर ह्युम्यानिटी’को मुख्य योगदान रहेको कम्पनीले जनाएको छ। हुण्डाइको आइओएनआइक्यू ५ एनले सन २०२४ विश्वकै उत्कृष्ट कारको अवार्ड समेत पाएको छ। साथै अमेरिकाको एक अध्ययनले पनि निकै प्रशंसा गरेको छ। कम्पनीले आफ्नो ब्राण्डको प्रभाव विश्वव्यापी बनाउनका लागि धेरै रणनीति आयामहरू सञ्चालन गरेको छ। कम्पनीले सिङ्गापुरमा इनोभेसन सेन्टर, अमेरिकामा मेटा प्लान्ट, इभी प्लान्टका साथै कम्प्लिट नक डाउन फ्याक्ट्री साउदी अरेबियामा स्थापना गरेको छ।

कम्पनीले ग्राहकको सहभागितालाई कायम राख्न आर्चरी तथा फिफा जस्ता खेलहरूको प्रयोजन गर्दै आएको छ। त्यसैगरी सिङ्गापुरमा ‘नाओहो’ नामको रेष्टुरेन्ट समेत सञ्चालन गरेको छ। “हुण्डाई मोटरले आफ्नो स्थान अझै मजबुत बनाउनका लागि सवारी साधन निर्माण भन्दा बाहेक एएएम र अन्य फ्यूचर मोविलीटीलाई गेम चेन्जरको रुपमा हेरिएको छ,” हुण्डाइ मोटर्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जाहुन चाङले भने,“हाम्रो प्राविधिक अग्रसरताले मानवीयताको दिगो तथा स्तरीय भविष्य बनाउनेछ।”

Laxmi sunrise bank
kumari

इन्टरब्राण्ड एउटा विश्व ब्राण्ड कन्सल्टिङ फार्म हो। यसले हरेक वर्ष मल्टिनेसनल कम्पनीहरूको मल्याङ्कन गर्छ। यसले कम्पनीहरूको मूलयङकन गर्दा ब्राण्डको वित्तीय अवस्था, ब्राण्डको भूमिका र प्रतिस्पर्धी क्षमतालाइ आधार बनाउने गरेको छ। हुण्डाइले पछिल्लो दुई वर्षमा बिजनेस र ब्रान्डिङमा निरन्तर ग्रोथ गरेको इन्टरब्राण्डका प्रमुख कार्यकारी अधिकृत जिउन मुनले बताए।

प्रकाशित: Oct 23, 2024| 12:18 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्