मंगलबार, जेठ १९, २०८३

‘टियागो इभी धनतेरस एक्सचेङ धमाका’ सार्वजनिक

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो इभी धनतेरस एक्सचेन्ज धमाका सार्वजनिक गरेकाे छ।

National life

धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडी टाटा टियागो इभीसँग साट्न सकिनेछ। यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते टियागो इभी धनतेरस एक्सचेन्ज धमाका देशैभरिका शोरुममा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ।

यस मेलामा सहभागी भएर ग्राहकले टियागो इभीको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्नसक्ने बताइएकाे छ। धनतेरस एक्सचेङ धमाका ३ दिनका लागि मात्र लागू हुनेछ।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक रहेकाे कम्पनीले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ।

 

Shivam cement

प्रकाशित: Oct 23, 2024| 12:17 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्