आइतबार, माघ ११, २०८२

कामना सेवा विकास बैंकको अधिकांश सूचकमा प्रगति

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको वित्तीय अवस्था बलियो देखिएको छ।  बैंकले सार्वजनिक गरेको विवरण अनुसार अधिकांश सूचकहरूमा प्रगति देखिएको हो।

National life

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.४० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा पनि बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानीमा समेत ५.६६ प्रतिशत बढेर ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको उक्त आम्दानी ४९ करोड ९ लाख १० हजार रुपैयाँ पुगेको थियो।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको सञ्चालन नाफा ४२.५६ प्रतिशत बढेर २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको उक्त नाफा १८ करोड ९५ हजार रुपैयाँ मात्रै थियो।

यता, बैंकको वितरणयोग्य नाफा पनि २० करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.९६ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३.७४ रुपैयाँ रहेको छ।

Laxmi sunrise bank
kumari

बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँ, जगेडा कोषमा १ अर्ब ६९ कोड ३२ लाख २६ हजार रुपैयाँ, निक्षेप संकलन २.८५ प्रतिशत वृद्धि भई ६० अर्ब ७५ करोड ५३ लाख रुपैयाँ कायम भएको छ।

 

प्रकाशित: Oct 23, 2024| 12:16 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्