मंगलबार, जेठ १९, २०८३

तारे होटलमा प्लास्टिक बोतल प्रयोग गर्न नपाइने

 |  मंगलबार, कात्तिक ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ६, २०८१
National life
Shivam cement

काठमाडौं- तारे होटल (चारतारे, पाँचतारे र पाँचतारे डिलक्स) तथा रिसोर्ट (डिलक्स र लक्जरी)ले प्लास्टिकजन्य बोटल प्रयोग गर्न नपाउने भएका छन्। मंगलबार पर्यटन विभागले सूचना जारी गर्दै यस्तो प्रतिवन्ध लगाएको हो।

विभागले भनेको छ, 'यस विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरु प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरुमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुदाँ प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरी काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेष्टुरेन्टहरुमा पिउने पानीको व्यवस्था मिलाउन हुन विभागको मिति २०८१/०७/०५ को निर्णयानुसार जानकारी गराईएको व्यहोरा अनुरोध छ।

प्रकाशित: Oct 22, 2024| 19:33 मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्