मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युतीय सवारीमा धुँवा निस्किएको सम्बन्धमा यस्तो छ कम्पनीको भनाइ

विद्युतीय सवारीमा धुँवा निस्किएको सम्बन्धमा यस्तो छ कम्पनीको भनाइ

 |  मंगलबार, कात्तिक ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं- सोमबार बिहान सेरेस ब्राण्डको एउटा विद्युतीय सवारीसाधनमा प्राविधिक कारणले धुँवा निस्किएको हुँदा गलत तरिकाले व्याख्या नगरिदिन कम्पनीले अनुरोध गरेको छ।

National life

गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्य स्थानमा समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडीमा शर्ट सर्किट भएर धुवाँ निस्किएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस विषयलाइ गलत तरिकाले व्याख्या गरिएको भन्दै त्यसो नगर्न अनुरोध गरिएको छ।

उक्त गाडी विगतमा अनधिकृत सेवा केन्द्रहरूमार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याएका बेला शर्ट सर्किट हुँदा गाडीमा धुवाँ निस्किएको हो। यस दौरान सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियता पुर्वक स्थितिलाई नियन्त्रण लिएको जनाइएको छ। कम्पनीको

Shivam cement

प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको छ।

विद्युतीय सवारी साधनहरू धेरै खाले सुरक्षा सुविधाहरूले सुसज्जित हुने हुँदा डर मान्नुनपर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: Oct 22, 2024| 16:10 मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्