बुधबार, असोज १, २०८२

बाढीपहिरो पीडितलाई माछापुच्छ्रे बैंकको २५ लाख सहयोग

 |  मंगलबार, कात्तिक ६, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ६, २०८१

vianetvianet

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग गरेको हो।

Kumaribank

गत असोज ११ गतेदेखि शुरू भएर केही दिनसम्म चलेको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको थियो। यस प्रकारको विषम परिस्थितिको सामना गर्दै पीडितहरूको राहतका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।

बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ। उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका सदस्यहरू तथा बैंक व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

 

प्रकाशित: Oct 22, 2024| 16:09 मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्