मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडी अब इटहरीमा

टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडी अब इटहरीमा

 |  मंगलबार, कात्तिक ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं- नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ।

National life

दशैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहक महानुभावहरुको खुसियालीको सारथीकै रुपमा नयाँ मोडेल ल्याइएको जनाइएको छ।

टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरुको मूल्य फरक–फरक रहेको छ। ग्राहकहरुले एसीइभी फ्ल्याटबेड २१ लाख ९९ हजार रुपैयाँमा पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि २२ लाख ७९ हजारमा उपलब्ध गराउन सकिने टाटाको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले जनाएको छ।

कम्पनीले पहिलो एक हप्ता भित्र बुकिङ्ग गर्ने ग्राहकलाई यस योजना अन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरुमा ५० हजारसम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ। यसका अतिरिक्त ग्राहकहरुले उक्त गाडीहरुको खरिदमा एक वर्षका लागि निःशुल्क विमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा÷सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ।

कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव लाल बहादुर कार्की, उद्योग वाणिज्य संघ, इटहरीका महासचिव पिताम्वर पोख्रेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरहरु लगायत यातायात क्षेत्रसँग आबद्ध रहेका विशिष्ट व्यक्तित्वहरुको समु–उपस्थितिमा सम्पन्न भएको हो।

Shivam cement

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का सहायक महाप्रबन्धक दिवश बाबु सुबेदीले विद्युतीय गाडीहरुको फाइदा र सञ्चालनका हिसावले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरु सुरक्षित देखिएको उल्लेख गरे।

प्रकाशित: Oct 22, 2024| 16:07 मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्