बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा साना र मझौला व्यवसायका लागि टिकटकको कार्यशाला

नेपालमा साना र मझौला व्यवसायका लागि टिकटकको कार्यशाला

 |  मंगलबार, कात्तिक ६, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ६, २०८१

vianetvianet

नेपालमा साना र मझौला व्यवसायलाई सशक्तीकरण गर्ने उद्देश्यले टिकटकले काठमाडौंमा कार्यशाला सम्पन्न गरेको छ।

Kumaribank

ग्रो विथ टिकटक मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीहरूको एक विविधतायुक्त समूहलाई एकसाथ ल्याएको हो।

दिनभरि भएको कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मक रूपमा प्रदर्शन गर्न टिकटकका अद्वितीय सुविधाहरूको लाभ कसरी उठाउने भन्नेबारे गहन प्रशिक्षण प्राप्त गरेका थिए।

कार्यशालाले विशेषज्ञहरूको नेतृत्वमा टिकटकमार्फत गर्न सकिने प्रवर्द्धनका विविध पक्षहरूलाई समेट्ने सत्रहरूको शृंखला प्रस्तुत गरेको थियो। सहभागीहरूलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रिएसन टुल्स, दर्शकहरूको संलग्नताका लागि उत्तम अभ्यासहरू र टिकटक अभियानहरूलाई प्रभावकारी बनाउने रणनीतिहरूको परिचय गराइएको थियो।

उनीहरूले टिकटक आकर्षक प्लेटफर्म भएका कारण साना व्यवसायहरूले कायम र सम्भावित ग्राहकहरूसम्म पुग्न ठूलो लगानी गर्नु नपर्ने कुरा पनि बुझ्न पाएका थिए। त्यस क्रममा सहभागीहरूलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाबारे जानकारी गराउने एक विशेष सत्रको पनि आयोजना गरिएको थियो।

Metro Mart

कार्यशालामा टिकटकको विविध र गतिशील प्रयोगकर्ता आधारसँग प्रतिध्वनित हुने खालका कन्टेन्ट सिर्जना गर्नेबारे जानकारीमूलक र अन्तरक्रियात्मक दुवै खाले सत्रहरूको डिजाइन गरिएको थियो। कार्यक्रमले साना र मझौला व्यवसायका लागि एक बहुमूल्य नेटवर्किङ अवसर प्रदान गरेको छ।

प्रकाशित: Oct 22, 2024| 16:01 मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्