बुधबार, पुस २, २०८२

विपक्षीको ज्ञापनपत्रमा ओलीले दिए यस्तो जवाफ

 |  मंगलबार, कात्तिक ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले विपक्षी दलहरूले उठाएका ४ प्रश्नको जवाफ दिएका छन्।

National life

नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र आम जनता पार्टीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ओलीले उनीहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन्।

राजनीतिक दलसम्बन्धी अध्यादेश, रवि लामिछानेको गिरफ्तारी र प्राकृतिक विपत्तिपछि सरकारले गरेका कामको विषयमा प्रधानमन्त्री ओलीले जवाफ दिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए। प्रधानमन्त्रीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउर पार्टी फुटाउने कुनै योजना नरहेको प्रष्ट्याएका हुन्।

‘विगतमा नेकपा (एमाले)लाई विभाजन गर्न अध्यादेश ल्याइएका साथीहरूलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ,’ ओलीको जवाफबारे जानकारी गराउँदै रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।’

सोमबार नै दल विभाजनको लागि कमजोर प्रावधान राखेर अध्यादेश ल्याउने तयारीको चर्चा चलेको थियो। तर, मन्त्रिपरिषद् बैठक नै स्थगित हुन पुग्यो।
अध्यादेशमा प्रमुख सत्ता सहयात्री दल नेपाली कांग्रेसमा समान मत बन्न नसकेपछि प्रधानमन्त्री ओली पछाडि हटेका हुन्।

Laxmi sunrise bank
kumari

रास्वपा अध्यक्ष लामिछानेलाई सहकारी प्रकरणमा गिरफ्तारी गर्नु प्रतिशोध हो भनेर विपक्षले उठाएको प्रश्नमा प्रधानमन्त्रीले समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारको दायित्व भएको बताएका छन् ।

प्रकाशित: Oct 22, 2024| 10:54 मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्