बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफइन्ज्ब्रकबीच सहकार्य समझदारी सम्पन्न

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफइन्ज्ब्रकबीच सहकार्य समझदारी सम्पन्न

 |  सोमबार, कात्तिक ५, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ५, २०८१

vianetvianet

काठमाडौं-  ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफइन्ज्ब्रकबीच स्वीचएसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा Building Energy Efficiency in Nepal(BEEN) प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरु प्रवर्धनकोलागि समझदारी सम्पन्न भएको छ ।

Kumaribank

उक्त समझदारीमा बैंककाग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफइन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधि तथा द्यभ्भ्ल्प्रो प्राेजेक्ट प्रमुख डा. ड्यानियलनेयरले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइमई बैंकले दिगो आवास प्रवद्र्धन गर्न “ग्रीनहोम लोन”विशेष कर्जा योजनालागु गर्दै आएको छ । बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धिगर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग पुर्‍याउनेछ ।

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभाभित आएको छ ।

ग्लोबल आइएमई बैंक युरो मनीअर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतकादुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ख्याति प्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।

Metro Mart

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामाशाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखाकार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवाप्रदानगर्ने बैंक हो जसले विभिन्न सेवातथा सुविधा सहितका योजनामार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित: Oct 21, 2024| 16:24 सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्