बुधबार, असोज १, २०८२

पञ्चकन्या स्टिलले पायो ग्रीन प्रो प्रमाणपत्र

 |  सोमबार, कात्तिक ५, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ५, २०८१

vianetvianet

पञ्चकन्या स्टील प्रा.लि.ले ग्रीन प्रो प्रमाणपत्र प्राप्त गरेको छ। रुपन्देहीको भैरहवामा रहेको पञ्चकन्या प्रा.लि. ग्रीन प्रो प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो छड कम्पनी भएको प्रा.लि का कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठले जानकारी दिए।

Kumaribank

पञ्चकन्याले उत्पादन गर्दै आएको ५०० एक्सडि र ५५० एक्सडि टिएमटि रिब्डबारले ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको हो।

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सिआइआइ) सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा गत असोज ३० गते उक्त ग्रीनप्रो प्रमाणपत्र प्रदान गरेको हो।

ग्रीनप्रो प्रमाणपत्र पाएसँगै पञ्चकन्याका यी दुई प्रकारका फलामे छड हरित उत्पादनमा दर्ज भएका हुन्। वातावरणीय स्थिरताका लागि कडा मापदण्डहरु पूरा गर्ने उत्पादनहरुलाई मान्यता दिने ग्रिनप्रो प्रमाणपत्रको  मान्यता संसारभर लागू हुने र यो पाउन विभिन्न मापदण्डहरु पूरा गर्नुपर्छ।

कम्पनीले छड उत्पादन गर्दा कति फोहोर पदार्थ निस्किएको छ र त्यसको व्यवस्थापन कसरी गरेको छ। उद्योगबाट निस्किएको फोहोरले बाहिरी वातावरणमा कति असर गरेको छ।

Metro Mart

उत्पादन क्रममा वातावरण प्रदूषण हुने मात्रा कति छ। उत्पादनको गुणस्तर र टिकाउपन कस्तो छ लगायतका मापदण्डको आधारमा उक्त प्रमाणपत्र प्रदान गरिएको हो।

भारतको दिल्लीमा आयोजित कार्यक्रममा प्रमाणपत्र ग्रहण गर्दै पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठले ग्रीनप्रो प्रमाणपत्र कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि भएको ताए। उनले ग्रीनप्रो प्रमाणपत्रले पर्यावरणमैत्री सामग्रीहरु उत्पादन गर्न कम्पनीलाई थप उत्साह मिलेको बताए।

ग्रीनप्रो प्रमाणपत्रका लागि विश्वका ७० बढी देशका स्टील कम्पनीहरु सहभागि भएकोमा नेपालको तर्फबाट पञ्चकन्या स्टीलले मात्र मान्यता पाएको श्रेष्ठले बताए।

पाँच दशकभन्दा बढीको अनुभवका साथ दिगो उत्पादन र अभ्यासका लागि वातावरणीय उत्तरदायित्व सहितका नयाँ मापदण्डहरु स्थापित गर्दै नवप्रवर्तनशील उत्पादनहरुमा पञ्चकन्य ग्रुप दृढ रहेको उनले बताए।

कम्पनीले शुन्य कार्वन उत्सर्जनको मान्यतालाई आत्मसाथ गरि कार्वनको मात्रा कम भएको कच्चा पदार्थ र प्रविधि प्रयोग गरी उत्पादनलाई निरन्तरता दिएको कम्पनीका महाप्रबन्धक देवेन्द्र साहुले दावी गरे। ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरु प्रयोगकर्ताहरुका लागि महत्वपूर्ण फाइदा हुने उनको भनाइ छ।

प्रकाशित: Oct 21, 2024| 16:21 सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्