मंगलबार, कात्तिक ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मेची भन्सारबाट ३ महिनामा ३ अर्ब ५८ करोड राजस्व

 |  आइतबार, कात्तिक ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ४, २०८१

झापा- मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ३ अर्ब ५८ करोड ९० लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो।

triton college

चालु आव २०८१/८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकलन  गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए।

आव २०८०/८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार संकलन भएको थियो। उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा १९  करोड १७ लाख ४१ हजारले बढी हो।

आव २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व संकलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो। आव २०८१/८२ मा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ। रासस

प्रकाशित: Oct 20, 2024| 20:01 आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्