मंगलबार, जेठ १९, २०८३

सुनको भाउ १ लाख ६५ हजार

 |  आइतबार, कात्तिक ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ४, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ। तीन दिनसम्म लगातार बढेको सुनको मूल्यले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर सुन तोलामा १ लाख ६५ हजार पुगेको हो।

शुक्रबार सुन तोलाको १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि आज ९५ रुपैयाँ बढेर २ हजार ७५ रुपैयाँ पुगेको छ।

प्रकाशित: Oct 20, 2024| 11:23 आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्