सोमबार, असार २३, २०८२

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

 |  शुक्रबार, कात्तिक २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २, २०८१

vianetvianet

म्याग्दी- म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिका जोड्ने दरवाङ-अदिभारा-डाडागाउँ-सोले-तमान-बुर्तीवाङ सडक स्तरोन्नति सुरु भएको छ। गण्डकी प्रदेश सरकारको बजेटबाट यो सडक आयोजनाअन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका-३ अदिभारादेखि औँला हुँदै डाडागाउँ-किटिनी क्षेत्रमा स्तरोन्नति हुन लागेको हो। 

पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अदिभारातर्फबाट डोजर र मजदुर परिचालन गरेर सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण थालेको मालिका गाउँपालिका-३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले जानकारी दिए।

'सडक निर्माणलाई तीव्रता दिनका लागि वैकल्पिक सडक मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएका छौँ', उनले भने, 'मालिका गाउँपालिका-२, ३ र ४ नम्बर वडाका बासिन्दाका साथै बागलुङको तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक रणनीतिक हिसाबले महत्वपूर्ण छ।'

विस २०७५मा मालिका गाउँपालिकाले अदिभारादेखि डाडागाउँ हुँदै तमानखोला जोड्ने सडकको मार्ग खोलेको थियो। गण्डकी प्रदेश सरकारले दश करोड बजेटको स्रोत सुनिश्चित गरेको यो सडक स्तरोन्नतिका लागि गत असार महिनामा एपिसी/आरआरसी/पिएनएस जेभीले पाँच करोड ८२ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए। 

आयोजनामार्फत यो सडकलाई ग्राभेल गर्न लागिएको हो। सडकको प्रवेश बिन्दुमा पर्ने अदिभारास्थित दाजुङखोलामा कार्यालयमार्फत २५ मिटर लामो मोटरेबल पुल निर्माणाधिन रहेको छ।

म्याग्दी १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तीवाङ खण्डको तुलनामा छोटो पर्ने भएकाले यो सडकलाई लोकमार्गको वैकल्पिक सडकको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। 

बागलुङको बुर्तीवाङदेखि तमानखोला तर्फपनि यसै वर्षदेखि सडक स्तरोन्नतिको काम सुरु भएको छ। रासस

प्रकाशित: Oct 18, 2024| 21:01 शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हराउँदै रैथाने धान

हराउँदै रैथाने धान

कृषिप्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन्।
मागभन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

मागभन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

चल्ला बिक्री नहुँदा सञ्चालनमा रहेका ह्याचरी उद्योगसमेत धराशाही भएका छन्। उत्पादित चल्ला १० देखि १५ रूपैयाँमा बेच्नुपर्ने भएपछि उद्योग बन्द गरिएको हो।