काठमाडौं- सुनको भाउले आज लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। हिजो छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेर रेकर्ड कायम भएको थियो।