सोमबार, जेठ १८, २०८३

टीआरसी : छानबिन समितिलाई पूर्णता दिन शीर्ष नेता सहमत

 |  बिहीबार, कात्तिक १, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १, २०८१
National life
Shivam cement

काठमाडौं- सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति बन्ने भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकले सिफारिस समिति टुंग्याउने निर्णय गरेको हो। 

बैठकमा यी तीन दलका शीर्ष नेताहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनका विषयमा सहमत भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि (शुक्रबार) बस्ने मन्त्रिपरिषद् बैठकले समिति टुंग्याउनेछ। 

छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल सहभागी थिए।

प्रकाशित: Oct 17, 2024| 15:45 बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्