आइतबार, माघ ११, २०८२

माछापुच्छ्रे बैंकले ल्यायो ‘एम–कार्ड’ सेवा

 |  बिहीबार, कात्तिक १, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १, २०८१

माछापुच्छ्रे बैंकले ‘एम–कार्ड’ सेवा सुरु गरेको छ ।

National life

यस सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्ने बैंकले जनाएको छ ।

साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्ने छन् । यो  सेवाले कार्डप्रयोगकर्तालाई पृथक अनुभुति जगाउने र नौलोपनको आभास दिलाउने बैंकको विश्वास छ ।


बैंकले हाल यो कार्डलाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएता पनि भविश्यमा क्रेडिट कार्ड समेतमा लागु गर्ने बैंकले जनाएको छ । बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा यो कार्ड जारी गरिएको र  ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ । “हाम्रा ग्राहकहरुलाई नविन तथा व्यक्ति अनुकुलित बैकिङ्ग समाधानहरु प्रदान गर्न प्रतिबद्ध छौं”, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने “यो सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकहरुलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुची अभिरुचीहरु पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ ।

प्रकाशित: Oct 17, 2024| 11:02 बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्