मंगलबार, भदौ ३१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

 |  बिहीबार, कात्तिक १, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १, २०८१

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ। 

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ।
 
एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन्।

प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ। भोलि शुक्रबार  नेपाल भुटानसँग भिड्नेछ। 

प्रकाशित: Oct 17, 2024| 07:30 बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्