आइतबार, माघ ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • 'चिनेको व्यक्तिले पैसा मागेर क्युआर पठाइदिँदैमा पैसा सापटी नदिनुस्'

'चिनेको व्यक्तिले पैसा मागेर क्युआर पठाइदिँदैमा पैसा सापटी नदिनुस्'

 |  मंगलबार, असोज २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २९, २०८१

काठमाडौं- पछिल्लो समय वित्तीय ठगीका स्वरुपहरु परिवर्तन हुँदै गएको भन्दै नेपाल राष्ट्र बैंकले विभिन्न सन्देश तथा भिडियोबाट सचेत रहन आग्रह गरेको छ।

National life

अपरिचित व्यक्ति तथा नम्बरबाट ह्वाट्सएप, भाइबर म्यासेन्जर जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको भन्दै म्यासेज आउने गरेको छ।

यस्तै विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको, छोटो समयमै धेरै फाइदा हुने योजनाहरू जस्तै क्रिप्टोकरेन्सी,फरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरू उपलब्ध रहेको जस्ता सन्देशहरू तथा भिडियोहरू समेत विधिन्न व्यक्तिलाई प्राप्त हुने गरेको छ।

यस्ता सन्देशमार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाईंलाई आकर्षक प्रस्तावहरू दिँदै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट आर्थिक हानि नोक्सानी पुग्न सक्ने भएकाले सचेत रहन राष्ट्र बैंकले भनेको हो ।

राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ, ‘अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै वुद्धिमानी हुन्छ। कहिलेकाहीँ परिचित व्यक्तिको ह्वाट्स एप तथा म्यासेन्जरबाट समेत विभिन्न बनावटी प्रयोजन देखाइ केही रकम सापटीको रूपमा खाता वा मोबाइल वालेटमा पठाइदिनु भन्दै क्युआर कोड समेत प्राप्त हुनसक्छ । त्यस्ता सन्देश सम्बन्धित व्यक्तिबाट नै आएको हो होइन यकिन गरेर मात्र रकम पठाउने निर्णय लिनुपर्दछ ।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 15, 2024| 12:38 मंगलबार, असोज २९, २०८१
प्रतिक्रिया दिनुहोस्