शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • धुर्मुश-सुन्तली फाउण्डेसनले अलपत्र छाडेको रंगशालाको काम धमाधम

Siddartha premir insuranceSiddartha premir insurance

धुर्मुश-सुन्तली फाउण्डेसनले अलपत्र छाडेको रंगशालाको काम धमाधम

 |  सोमबार, असोज २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २८, २०८१

चितवन- चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ। रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन। हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ। 

triton college

भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो। धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो। ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ। मैदानको माथिल्लो तह फालेर काम थालिएको छ। गत साउनमा बिबिआर जेभीले निर्माणकार्य सुरु गरेको हो। विसं २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन्। रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले रु ५० करोड विनियोजन गरेका छन्।

रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ। चाडपर्वमा समेत  काम नरोकिने प्रमुख दाहालले बताइन्। काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्ष रुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: Oct 14, 2024| 10:00 सोमबार, असोज २८, २०८१
प्रतिक्रिया दिनुहोस्