बुधबार, कात्तिक १९, २०८२

दशैंमा टाटा मोटर्सको ७५१ युनिट गाडी डेलिभरी

 |  आइतबार, असोज २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज २७, २०८१

यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च ईभीको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ ।

Kumaribank

शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्च ईभीमा कम्पनीले सोचेकोभन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । 

सिजापतिको अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च ईभीले नेपालमा राम्रो बजार लिइरहेको छ ।      

टाटाको पन्च ईभीको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो ईभी बजेट सेग्मेंटको सर्वाधिक बिक्रि भएको मोडल हो ।  यो दशैंमा पनि टियागो ईभीको १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।  विशेषगरि महिलाहरु र पहिलो गाडी लिन खोज्नु भएको ग्राहकहरुको पहिलो रोजाईमा पर्न सफल भएको टियागो ईभीको पनि यो दशैंमा उत्साहजनक रुपमा डेलिभरी भएको छ । साथै, टाटाको टिगोर ईभीको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ।  

यो दशैंमा एक्प्रेस–टिको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टिको १५६ डेलिभरी भएसँगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कारहरु डेलिभर गरेको छ ।  

Metro Mart

यसको साथै, दशैंको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दशैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको घोषणा गरेको छ ।  

साथै, टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवाप्रदान गर्ने जानकारी गराएको छ । बिदाको समयमापनि टाटाका बाघडोल र गोगंबुस्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला हुनेछन् । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ तथा चार्जिङको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ । रोडसाइड सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: Oct 13, 2024| 13:30 आइतबार, असोज २७, २०८१
प्रतिक्रिया दिनुहोस्