सोमबार, साउन ११, २०८३

केटी साथीको खोजीमा एलियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
अन्सु कुमार झट्ट हेर्दा बलिउड स्टार ऋतिक रोसनको साइन्स फिक्सनमा आधारित ‘कोई मिल गया’ फिल्मका एलियन ‘जादु’ (फिल्ममा एलियनलाई दिएको नाम) जस्ता देखिन्छन् । 

ठूलो र चौंडा टाउको, चेप्टिएको आँखा र सानो आकारका कानका कारण उनलाई सबैले एलियन भन्छन् । २२ वर्षका अन्सुकुमार भारत पन्जाबका बासिन्दा हुन् । टाउको त्यस्तै भएका कारण कपाल पनि उम्रिएको छैन । जन्मजात उनी यस रोगबाट ग्रसित थिए । जन्मपछि उनको अभिभावकले रोगको उपचार गराए पनि उक्त रोगको निदान नभएको  डाक्टरले बताएका थिए । 

तर, उनको इच्छा भने टाउकोको उपचार गरेर विवाह गर्नु रहेको छ । टाउकोकै कारण उनको कोही पनि केटी साथी छैनन् । प्रायः एक्लो रहने कुमारका लागि बच्चाहरू नै साथी भएका छन् । राम्रो र स्तरीय अस्पतालमा आफ्नो टाउको उपचार हुन सक्ने जानकारी भएपछि भने कुमारमा केही आशा पलाएको छ । 

अन्सुकुमार स्थानीय उद्योगका मजदुर हुन् । मासिक ५ हजार भारु पारिश्रमिक पाउने अन्सु कुमार आफ्नो टाउकाको उपचारका लागि आम्दानीले नपुग्ने बताउँछन् ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।