शुक्रबार, चैत १३, २०८२

यस्तो छ डिसेम्बरसम्मको मौसम पूर्वानुमान

 |  सोमबार, असोज २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज २१, २०८१

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले तीन महिनाको मौसम पूर्वानुमान गरेको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी डिसेम्बरसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको हो।

National life

विभागका अनुसार असोज १५ देखि पुस १६ (अक्टोबरदेखि डिसेम्बर) सम्म ३ महिनाको अवधिमा कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरद भन्दा कम वर्षा हुने र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना छ। 

यस्तै सो अवधिमा अधिकतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ। 

विभागका अनुसार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका दक्षिणपूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ।

कोसी प्रदेशको उत्तरी भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग र बागमती प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ भने कोसी प्रदेशको दक्षिणी भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग, बागमती प्रदेशको उत्तरपश्चिम भूभाग र गण्डकी प्रदेशको दक्षिणपूर्वी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ। 

Laxmi sunrise bank
kumari

त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ।

गत जुन १० तारिख नेपाल भित्रिएको मनसुन बिस्तारै बाहिरिन सुरु गरिसकेको छ। सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटिसकेको हो।

अब देशका बाँकी स्थानबाट पनि मनसुन केही दिनमा बाहिरिने सम्भावना छ। नेपालबाट मनसुन बाहिरिने सरदर अर्थात् औसत मिति अक्टोबर २ तारिख भए पनि यसपटक केही ढिला भएको हो।

मनसुन पूरै नेपालबाट बाहरिएपछि पोस्ट मनसुन सुरु हुनेछ। जुन सिजन डिसेम्बर महिनाभर रहन्छ। जनवरीदेखि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ। 

मनसुन बिदा भइसकेको र विन्टर आउनुअघिसम्मको अवधिलाई पोस्ट मनसुन मानिन्छ। 

प्रकाशित: Oct 07, 2024| 20:43 सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्