शनिबार, असोज १९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बाढीपहिरो पीडितलाई १ करोड ११ लाख सहयोग गर्ने मीनबहादुर गुरुङको घोषणा

Siddartha premir insuranceSiddartha premir insurance

बाढीपहिरो पीडितलाई १ करोड ११ लाख सहयोग गर्ने मीनबहादुर गुरुङको घोषणा

 |  बिहीबार, असोज १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १७, २०८१

काठमाडौं– मुलुकको अग्रणी एवं सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

triton college

गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत उक्त सहयोग रकम बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको बताए। उनले हालैको अविरल वर्षामा हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको जानकारी दिए।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए। बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर २०० हाराहारीको निधन भएको छ भने ३५ भन्दा बढी हराइरहेका छन्।

मुलुकलाई अप्ठेरो परेका बेला सहयोग गर्नु नागरिकको दायित्व भएको गुरुङको भनाइ छ। उनले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माण गर्न ४१ करोड रुपैयाँ बराबर सहयोग गरेका थिए। उक्त अस्पताल अहिले निर्माणाधीन छ।

अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरूको उद्धार र राहतका लागि गुरुङले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुका साथै ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्र पठाएका थिए।

Metro Mart
vianet

कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए। त्यसअघि २०६८ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए। ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका थिए।

गुरुङले हालसम्म १४ जनालाई एमबीबीएस अध्ययन गर्न खर्च बेहोरेका छन्। रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जना डाक्टर बने र धेरैले स्थानीय तहमै जनताको सेवा गरेर बसेका छन्।

उनीहरूको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोरेको थियो र उनीहरूले त्यसबापत स्थानीय तहमा जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका थिए।
 

प्रकाशित: Oct 03, 2024| 21:02 बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्