बुधबार, कात्तिक २८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विपद्‍बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल

 |  बिहीबार, असोज १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १७, २०८१

काठमाडौ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुन नपर्ने बताएका छन्।

triton college

आज राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी दिँदै उनले भने, “कुनै पनि घाइतेहरु उपचारबाट वञ्चित हुनुपर्दैन। उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार निःशुल्क हुनेछ।”

उनले विपद्को बेला सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै सबै स्वास्थ्य संस्थालाई प्रभावकारी ढङ्गले सेवा उपलब्ध गराउन निर्देशन दिएको बताए। मन्त्री पौडेलले घाइतेले उपचारका लागि स्वास्थ्य संस्थामा जान र आउन नसक्नेलाई अस्पतालले ल्याउने व्यवस्था पनि गरिने जानकारी दिए।

विपद्ले महामारीजन्य रोग निम्त्याउन सक्ने भएकाले शुद्ध खानेपानीका सम्बन्धमा खानेपानी मन्त्रालयसँग संयुक्त बैठक बसिसकेको उनले बताए।

उनले बाढीपहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी भइरहेको जनाए। यसका लागि स्थानीय र प्रादेशिक तहसँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ छ।

Metro Mart
vianet

हालसम्म ट्रमा सेन्टरमा २४ जना घाइतेले उपचार गराइसकेका छन् जसमा १३ जना डिस्चार्ज भइसकेका छन् भने केहीको शल्यक्रिया गरिएको छ।
 

प्रकाशित: Oct 03, 2024| 18:40 बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्