सोमबार, जेठ १८, २०८३

बाढीपहिरोबाट तनहुँमा एक करोडभन्दा बढीको क्षति

 |  बिहीबार, असोज १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १७, २०८१

तनहुँ- हालैको बाढीपहिरोबाट तनहुँको कृषि क्षेत्रमा एक करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ।

National life

कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिरोबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धानबालीमा एक करोड ८ लाख ८ हजार ३ सय ७० रूपैयाँ बराबरको क्षति भएको छ।

वर्षा र बाढीपहिरोले जिल्लाका ६७ हेक्टर क्षेत्रफलमा लगाइएका कृषिबालीमा क्षति भएको छ। देवघाटमा मकै, बोडी, मास, आँबुखैरेनीमा हिउँदे मकै, धान, कोदो, बन्दीपुरमा धानबालीमा  हानी भएको छ।

देवघाट गाउँपालिका-२, ३ र ५ मा बाढीबाट मकै, बोडी, मास, कोदो, काउली नष्ट हुँदा ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ। पहिरोबाट बोडीका बीउमा क्षति हुँदा एक लाख रूपैयाँ बराबरको क्षति भएको छ। बाढीले धानखेतमा क्षति हुँदा दुई लाख ४० हजार रूपैयाँ बराबरको क्षति भएको केन्द्रले जनाएको छ।

आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडामा वर्षाका कारण हिँउदे मकै, धान, कोदो तथा दलहन बाली, तरकारी क्षति हुँदा ८६ लाख ७० हजार ५ सय ७० रूपैयाँबराबरको क्षति भएको छ।

Shivam cement

बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा बाढीपहिरोले धानमा क्षति हुँदा १५ लाख ९१ हजार ८ सय रूपैयाँ बराबरको क्षति भएको छ।

ऋषिङ गाउँपालिकास्थित पहिरोले कोदोमा क्षति हुँदा ६० हजार र सुन्तलाका बोट ढल्दा ९६ हजार रूपैयाँ बराबरको क्षति भएको छ। रासस 

प्रकाशित: Oct 03, 2024| 20:31 बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्