शनिबार, असोज १९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नवरात्रीका यी आठ रहस्य जुन तपाईंलाई थाहा नहुन सक्छ

 |  बिहीबार, असोज १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १७, २०८१

यो पर्वको धार्मिक महत्व एकदमै पनि ठूलो रहेको छ । दशैंलाई नवरात्री भनेर पनि चिन्ने गरिन्छ ।

triton college

घटस्थापना देखि सुरु हुने अश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने नवरात्रीको समयमा नौ दिनसम्म विधिपूर्वक दुर्गा भगवतीको पूजाआजा गरिन्छ ।

‘असत्य माथि सत्यको विजय’को प्रतिकको रुपमा नवरात्रीमा हर्षोल्लासको साथमा दुर्गा भगवती पूजा आजा गरिन्छ ।

नवरात्रीको धार्मिक महत्व र धार्मिक पक्षको बारेमा धेरैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामीले नवरात्रीको धार्मिक पक्षहरु र यसभित्र लुकेका रहस्यहरुबारे तपाईंलाई जानकारी दिन गइरहेका छौं ।

जानिराखौं नवरात्रीको ८ रहस्य

Metro Mart
vianet

पहिलो रहस्यः ३६ रात्री

नवरात्री असोज मात्रै नभई वर्षभरीमा चार महिनामा आउँछ । यी चार महिना हुन्ः चैत, असार, असोज र पुस । चैत महिनामा चैत्र नवरात्री हुन्छ जसलाई ठूलो नवरात्री वा वसन्त नवरात्री पनि भनिन्छ ।

त्यस्तै असार र पुस महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ भने असोज महिनाको नवरात्रीलाई शारदिय नवरात्री पनि भनिन्छ ।

दोस्रो रहस्यः ९ छिद्र

हाम्रो शरीरमा ९ छिद्र छन् । दुई आँखा दुई कान नाकका दुई छिद्र दुई गुप्ताङ र एक मुख । यी नौ अंगलाई पवित्र र शुद्ध गर्ने हो भने मन निर्मल हुन्छ र छैठौं इन्दि्रयलाई जागृत गर्छ ।

निन्द्रामा यी सबै इन्दि्र वा छिद्र लुप्त भएर बस्छन् र मनपनि जाग्रत हुन्छ । वर्षको सबै ३६ नवरात्रीहरुमा उपवास राख्नाले अंगप्रत्यंगको पूरै तरिकाले भित्री सफाइ हुन्छ ।

तेस्रो रहस्यः पवित्र छन् यी रात्री

नवरात्र शब्दले ‘नव अहोरात्र’ अर्थात विशेष रात्रीहरुको बोध हुन्छ । यी रात्रीहरुमा प्रकृतिका धेरै अवरोध सकिन्छन् । यदि राती कुनै आवाज दिने हो भने त्यो दिनको तुलनामा धेरै टाढासम्म जान्छ । यसैले यी रात्रीहरुमा सिद्धि र साधना गरिन्छ ।

चौंथो रहस्यः ९ देवी

नवरात्रीमा दुर्गा भगवतीका ९ स्वरुपः शैलपुत्री, ब्रहृमचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिरात्रीको पूजा विधिविधानबाट गरिन्छ ।

कात्यायानीले नै महिषासुरको वध गरेको हुनाले उनलाई महिषासुरमर्दिनी पनि भनिन्छ ।

दुर्गा सप्तशतीका अनुसार दुर्गा भगवतीको अन्य रुप पनि छन्ः ब्राहृमणी, महेश्वरी, कौमारी, वैष्णवी, बाराही, नरसिंही, एन्द्री शिवदूती भीमादेवी भ्रामरी, शाकम्भरी आदीशक्ति र रक्तदन्तिका उनको अन्य रुप हुन् ।

पाँचौं रहस्यः फरक फरक देवी

देवीहरुमा त्रिदेवी, नवदुर्गा दशमहाविद्या र चौसठ्ठी योगिनीहरुको समूह छ । आदि शक्ति अम्बिका सर्वोच्च छिन् र उनका कैयौं रुप छन् । सती, पार्वती, उमा र काली माता भगवान शंकरकी पत्नी हुन् ।

अम्बिकाले नै दुर्गमासुरको वध गरेकी थिइन यसैले उनलाई दुर्गा माता भनिन्छ ।

छैठौं रहस्यः दशमहाविद्या

नवदुर्गामा दशमहाविद्याहरुको पनि पूजा हुन्छ । यीनीहरुको नाम हुन्ः काली, तारा, छिन्नमस्ता, षोडशी, भुवनेश्वरी, त्रिपुरभैरवी, धूमावती, बंगलामुखी मातंगी र कमला ।

सातौं रहस्यः देवीहरुको पहिचान

प्रत्येक देवीलाई उनीहरुको बाहन, भूजा र अस्त्रशस्त्रले पहिचान गर्न सकिन्छ । जस्तैः अष्टभुजाधारी देवी दुर्गा र कात्यायनी सिंहमाथि सवार हुन्छन् ।

त्यस्तै पार्वती, चन्द्रघन्टा र कुष्माण्डा बाघमाथि सवार हुन्छन् । शैलपुत्री र महागौरी वृषभमा कालरात्री गधामा र सिद्धिरात्री कमलमा विराजमान हुन्छन् ।

आठौं रहस्यः संयम

हामीले दशैंलाई माछामासु खाने पर्वको रुपमा लिने गरेका छौं तर, खासमा धर्मशास्त्रले भने चोखो भएर दुर्गा भगवतीको पूजाआजा गर्ने हो भने नवरात्रीभर मद्यपान, माछामासु सेवन नगर्न र स्त्रीसँग शयन गर्न वर्जित मानेको छ ।

नवरात्रीमा उपवास राखेर विधिपूर्वक दुर्गा भगवतीको पूजा गर्न चाहनुहुन्छ भने माथिका कुराहरु उल्लंघन गर्न हुँदैन । संयम नअपनाएमा दुर्गा भगवती प्रसन्न नहुने विश्वास रहेको छ ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष  गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)
[9:55 pm, 02/10/2024] +977 981-2005378: नवरात्रीका यी ८रहस्य जुन तपाईंलाई थाहा नहुनसकछ

प्रकाशित: Oct 03, 2024| 06:24 बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्