शनिबार, असोज १९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

यस्तो छ आजको राशिफल [२०८१ असोज १७ गते]

 |  बिहीबार, असोज १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १७, २०८१

मेष : शुभकार्यमा अवरोध हुनेछ । व्यापारमा घाटा र मन अशान्त हुनेछ । राजनीतिक संगठनमा समस्या हुनसक्छ । न्यायको पक्षमा गरेको प्रयास सफल हुनेछ । शिक्षाको लगानीमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध शान्त बन्नेछ ।
 
वृष : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । यो क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ । परिवारले साथ दिनेछन् । तपाईंलाई ग्रहले साथ दिएका छन् । बिहानै गणेशको पूजा गरेमा दिन सहज बन्नेछ ।
 
मिथुन : कार्यशैलीकै कारण मन अशान्त बन्नेछ । साना कुराले सताउने छ । इष्टदेवको सेवा गरेर अगाडि बढेमा मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ । 

triton college

कर्कट : शुभग्रहको बहुमत भएकाले काम बन्नेछ । धार्मिक अभियान्तासँगको भेटले मनमा उत्साह बढ्नेछ । शान्ति र सम्पत्तिले साथ दिनेछ । परिवारको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । 

सिंह : मन अशान्त बन्नेछ । शंका गर्नेको संख्या बढ्नेछ । साथी र राजनीतिक संगठनको बलमा काम सफल बन्नेछन् । परिवारमा संवेदनशील अवस्था बाहेक थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ ।
 
कन्या : दैनिकी राम्रो छ । सोह्र श्राद्धको अन्तिम दिन भएकाले विधिवत पितृको विर्सजन गरेमा दिन सहज बन्नेछ । लगानीको क्षेत्रबाट नाफा र उत्साह थपिनेछ । सम्पत्ति र खर्च बराबर हुनेछ ।

तुला : नसोचेको क्षति हुनसक्छ । राज्यको विसंगतिले दुःखी बनाउने देखिन्छ । बिहान गणेशको स्मण गर्ने बानीले दिन शान्त बन्ला । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । 

वृश्चिक : समय सापेक्ष हुन नसक्दा विवादमा अल्झने दिन छ । बिहान गणेशको पूजा गरेमा मन शान्त बन्नेछ । आफन्तबाट धन आर्जन हुने योग रहेको छ । गणेशलाई दुबो चढाउँदा फाइदा हुनेछ । 

Metro Mart
vianet

धनु : राम्रो कामको सुरुवात हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । परिवारको तर्फबाट सकारात्मक काममा सहयोग मिल्नेछ । दिन शान्त र सहजै बित्ने देखिन्छ ।
 
मकर : धर्मस्थानमा अनुकुल ग्रह बसेका छन् । पितृले आर्शिवाद दिने दिन छ । राज्य र साथीबाट साथ र सहयोग रहने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । भ्रमणको अवसर जुट्नेछ । 

कुम्भ : अचानक रोग देखिने छ । मनमा रोग बढ्नेछ । मध्य साढेसातको सामना गर्नुपर्ने भएकाले पितृको आर्शिवाद लिएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । यसले दिन शान्त र परिवारमा मेलमिलााप हुनेछ । 

मीन : भाग्य चम्किने दिन छ । आफू शान्त बन्न सके सबै काम बन्नेछन् । राज्य र समाजको सेवामा अवसर मिल्नेछन् । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ खर्च कटौती गर्न सके दिन रमाइलोसँग बित्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित: Oct 03, 2024| 05:30 बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्