सोमबार, जेठ १८, २०८३

मुक्तिनाथ-पुराङ-झोङ-तेताङ सडक निर्माण थालियो

 |  बुधबार, असोज १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज १६, २०८१

म्याग्दी- मुस्ताङको वारागुङ-रानीपौवाबाट मुक्तिनाथ-पुराङ-झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ।

National life

आयोजनामार्फत रानीपौवाबाट झोङसम्म चार किलोमिटरमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र झोङबाट तेताङसम्म सात किलोमिटर नयाँ मार्ग निर्माण गरिने मुस्ता¬ङ पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम मगरले जानकारी दिए।

'सम्झौता गरेको निर्माण कम्पनीले तेताङतर्फबाट डोजर परिचालन गरेर ‘ट्रयाक’ निर्माण थालेको छ', उनले भने, 'रानीपौवा-झोङ खण्डमा कालोपत्रका लागि पहिलो चरणमा सडक फराकिलो बनाउन सुरु भएको छ।'

यो आयोजनाका लागि गण्डकी प्रदेश सरकारले १० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

विसं २०८३ साउन २८ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। 

Shivam cement

यो कालीगण्डकी करिडोरको कागबेनी-छुसाङ खण्डको वैकल्पिक सडक हो। कागबेनीबाट मुक्तिनाथ मन्दिरमा जाने पर्यटक तथा तीर्थयात्रीलाई यही सडक भएर उपल्लो मुस्ताङको यात्रा गर्न सहज हुनेछ।

वारागुङ मुक्तिक्षेत्र, लोघेकर-दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सहज हुने भएकाले यो सडकलाई प्राथमिकता दिएको हो। रासस

प्रकाशित: Oct 02, 2024| 21:31 बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्