मंगलबार, पुस १, २०८२

पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत थालियो

 |  मंगलबार, असोज १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १५, २०८१

पर्वत- बडादशैँलगायतका चाडपर्व नजिकिँदै गएपछि यहाँका स्थानीय तहहरुले अवरुद्ध सडक मर्मत गर्न थालेका छन्। जिल्लाका सातै स्थानीय तहले ग्रामीण सडक सुचारु गर्न उपभोक्ता समिति गठन गरी काम थालेका हुन्।

National life

यहाँको जलजला गाउँपालिकाले कार्यतालिका बनाएर सबै वडामा अवरुद्ध ग्रामीण सडक मर्मत गर्न थालेको गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए। पालिकाले आफ्नै डोजर परिचालन गरेको उपाध्यक्ष आचार्यले बताए। तीन/चार दिनमा सबै सडक सफा गरिसक्ने उनको भनाइ छ।

पैँयु गाउँकार्यपालिकाको बैठकले पनि वर्षायाममा अवरुद्ध सबै सडक मर्मत गरेर सुचारु गर्ने निर्णय गरेको छ। उपभोक्ता समिति र ठेकेदारमार्फत सञ्चालित आयोजनाहरु तत्काल मर्मत गर्न लगाइएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए। उनका अनुसार घटस्थापना अघिनै सबै सडक सुचारु गर्ने तयारी छ। 

विहादी गाउँपालिकाले अवरुद्ध ग्रामीण सडक खुलाउन सोमबार सूचना जारी गर्दै सडक सरसफाइ अघि बढाउन उपभोक्ता समितिहरुलाई आग्रह गरेको छ। उपभोक्ता समिति मार्फत सडक सफाइ गरिने भएकाले मातहतका सबै वडा र टोलहरुमा उपभोक्ता समिति गठन तथा नवीकरण गरी सम्झौता गर्न आउन वडा कार्यालयहरुलाई पत्राचार गरेको हो। दशैँअघि सडक सञ्चालनमा ल्याइने अध्यक्ष परवीन गुरुङले बताए।

महाशिला गाउँपलिकाले सडक खुलाउन डोजर लगाउन थालेको छ। लुङ्खु-बालाकोट-होश्राङदी, लुंखु-चिसापानी-भोक्सिङ, पाखापानी-भोर्लेलगायतका सडक केही दिनमै सुचारु हुने महाशिला गाउँपालिका अध्यक्ष ईश्वरी भुसालले बताइन्।

Laxmi sunrise bank
kumari

मोदी गाउँपालिका, फलेवास नगरपालिका र कुश्मा नगरपालिकाले पनि ग्रामीण सडक खुलाउन काम सुरु गरेका छन्। फलेवासले नगरपालिकाकै दुईवटा डोजर परिचालन गरेको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए।

पर्वत यातायात प्रालिका सञ्चालक हेमशर्मा पौडेलले वर्षायाममा अवरुद्ध सडक खुलाउन स्थानीय तहहरुलाई अनुरोध गरिएको बताए। अब मनसुन सकिएकाले मर्मत गरेपछि सडकमा सवारी गुडाउन सहज हुने उनको भनाइ छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सिताराम ओझाले जिल्लाका मुख्य राजमार्गमा अवरोध नरहे पनि केही ग्रामीण सडकहरुमा यातायात सुचारु गर्न समस्या रहेको बताए।

उनका अनुसार मध्यपहाडी लोकमार्ग, मालढुंगा-बेनी, कालीगण्डकी करिडोर र दोबिल्ला-फलेवास, दोबिल्ला-कार्कीनेटा, कुश्मा-दुर्लुङ जस्ता सडकमा सवारी सञ्चालन भइरहेको छ।

अन्य शाखा सडकहरु एकपटक डोजर लगाएर सफा गर्न सकेमा दशैँको बेला सवारीका लागि सहज हुने उनको भनाइ छ। रासस 

प्रकाशित: Oct 01, 2024| 18:31 मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्