मंगलबार, पुस ८, २०८२

जनकपुरको रेल बर्दिबाससम्म ल्याइने

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

जनकपुरको रेल बर्दिबाससम्म ल्याइने
धनुषा- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिम प्रोजेक्ट’ अर्थात् राष्ट्रिय गौरवको आयोजना रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्।

National life

मिथिला नगरपालिका–१० लालगढमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले विजलपुरादेखि बर्दिबाससम्म भारतीय अनुदानमा बन्ने रेल सेवाका लागि आवश्यक भौतिक संरचना जग्गा अधिग्रहण हुन नसक्दा समयमा निर्माण हुन नसकेको बताए । मन्त्री दाहालले भने, “जग्गाको यथार्थ म आफैँ गएर बुझेँ, त्यहाँ बस्ने मान्छेको नाममा जग्गा छैन । जग्गाको लालपुर्जा नहुँदा मुआब्जा दिन समस्या भएको हो । लालपुर्जा भएको जग्गाको मूल्यअनुसार ऐलानी जग्गाको मुआब्जा दिन मिल्दैन ।”

उनले मुआब्जा दिन नसके पनि जोतभोग गर्दै आएका व्यक्तिले जग्गा खाली गर्न सहमत भएमा क्षतिपूर्ति दिन सकिने बताए । मुआब्जा अडान लिँदा बर्दिबाससम्म रेल ल्याउने भौतिक संरचना बनाउन समस्या भएको मन्त्री दाहालको भनाइ छ ।

मन्त्री दाहालले कमला पुल तयारगरी हुलाकी सडक सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताए । “कमला पुल नबन्द भएको समस्या मन्त्रालयलाई थाहा छ । समस्या कसरी समाधान गर्ने विषयमा स्थलगत अनुगमनगरी निकास खोज्न आएका छौँ”, उनले भने।

उनले कमला नदीमा रहेको पुरानो पुललाई मर्मत गर्ने या नयाँ पुल बनाउने विषयमा प्रविधिकले अध्ययन गरिरहेको जानकारी दिए । “पुलमा राज्यको लगानी भइसकेको छ”, मन्त्री दाहालले भने, “प्राविधिक रुपले परीक्षण गरी पुल मर्मत हुने भए मर्मत गर्ने र नहुने भए विकल्पतर्फ अगाडि बढ्ने हो ।” 

Laxmi sunrise bank
kumari

मन्त्री दाहालले दसैँ तिहार लक्षित गरेर सडकलाई सहज बनाउने अभियान थालिएको बताए । दुई साताभित्र निर्माण भइरहेको सडकमा सहज रुपमा आवतजावत गर्न सक्ने बनाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको उनले जानकारी दिए । मन्त्री दाहाल जनकपुर रेल र कमला पुलको स्थलगत अनुगमन गर्न प्राविधिकसहित धनुषा आएका हुन्।
 

प्रकाशित: Sep 26, 2024| 21:03 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्