शुक्रबार, असोज ११, २०८१

माओवादीले सुदूरपश्चिममा 'तीनमहिने संगठन विस्तार' कार्यक्रम गर्ने

 |  बिहीबार, असोज १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

कैलाली- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

triton college

यही असोज ८ र ९ गते दुई दिन धनगढीमा बसेको प्रदेश समितिको पाँचौँ पूर्ण बैठकले सङ्गठन विस्तार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले आगामी मङ्सिर १० गतेसम्म प्रदेशका नौवटै जिल्लामा पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए। 

त्यस्तै, मङ्सिर ११ गते कैलाली र कञ्चनपुरका सबै वडामा एकसाथ वडा सम्मेलन गर्ने निर्णय गरेको उनले जानकारी दिए। सचिव बुढाका अनुसार बैठकले पहाडी जिल्ला डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलामा मङ्सिर ११ देखि १७ गतेसम्म वडा सम्मेलन सम्पन्न गरिसक्ने गर्ने गरेको छ। उनले भने, ‘पहिलो चरणमा वडा केन्द्रित कार्यक्रम गर्छौं, दुई महिनाभित्र सदस्यता नवीकरण, वडा सम्मेलन गर्ने काम सम्पन्न गर्छौं, त्यसपछि पालिका सम्मेलनलगायतका काम अगाडि बढ्छन्।’

बैठकमा प्रदेश समिति सदस्यहरुलाई वडामा नेतृत्व गर्नेगरी जिम्मेवारी बाँडफाँट गरिएको पनि उनले बताए। प्रदेश पदाधिकारी, प्रदेश समिति सदस्य गरी ६३ जनाले पार्टीको योजना केन्द्रित भएर बैठकमा सुझाव पेस गरेको सचिव बुढाले बताए। माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा भएको बैठकमा पार्टीका उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले निर्देशनात्मक मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: Sep 26, 2024| 15:31 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्