मंगलबार, भदौ २४, २०८२

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष दाहालको बधाई

 |  सोमबार, असोज ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ७, २०८१

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्काका नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन्।

अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित राष्ट्रपति दिसानायकेसहित उनले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उनको दल जेभीपीलाई बधाई दिएका हुन्।

अध्यक्ष दाहालले भनेका छन्, ‘भ्रष्टाचार, आर्थिक सङ्कट र भूराजनीतिक तनावको सही समाधानका रूपमा माक्र्सवादी नेता चयन गर्ने श्रीलङ्काली जनतालाई म सलाम गर्छु। उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

प्रकाशित: Sep 23, 2024| 12:16 सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्