बुधबार, पुस २, २०८२

कांग्रेस-एमाले सहकार्यले सकारात्मक सन्देश दिएको छ: देउवा

 |  शनिबार, असोज ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज ५, २०८१

National life
Laxmi sunrise bank
kumari

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन्। सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको उनको दाबी छ।

शनिबार काभ्रेको धुलिखेलमा वीपी कोइरालाको सालिक अनावरण गर्दै सभापति देउवाले सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताए। उनले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहिनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

उनले भने, ‘एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो। दुई वटै पार्टी मिल्दाखेरि के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई। तर प्रतिष्पर्धी पार्टी मिल्दाखेरि देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुसी भएका छन्। कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन यहाँ। त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ। तर हामीले काम पनि त्यही अनुसार गर्नु पर्‍यो। कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्छन्। जनताको मन जित्ने गरी कामहरू गर्नुहोला।'

प्रकाशित: Sep 21, 2024| 18:32 शनिबार, असोज ५, २०८१
प्रतिक्रिया दिनुहोस्